मुख्य समाचार

गायक राजेशपायल राईको घरमा आगलागी

गायक राजेशपायल राईको घरमा आगलागी

काठमाडौं । गायक राजेशपायल राईको घरमा आगलागी भएको छ । गायक राइको नयाँ बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको हो ।

गायक राईका अनुसार आगलागीबाट विभिन्न सम्मान तथा अन्य सामानहरु जलेका छन् । तर कुनै मानवीय क्षति भने भएको छैन । उनी यतिबेला कार्यक्रमको सिलसिलामा देश बाहिर छन् ।

घरमा आगलागी भएकोबारे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राईले भनेका छन्, ‘यो घडिमा अहिल्यै घरमा आउन सकिँन, सक्दिन पनि, म सँग पेशा छ अनि बाध्यता पनि ।’

उनले आयोजकसँग अमेरिका र क्यानडामा दुई महिनाको कार्यक्रमको सम्झौता भएको भन्दै तत्काल घर फर्किन नसक्ने जनाएका छन् ।

‘‘म पीडामा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडी यो पीडा, पीडा हैन । तर यो परिस्थितीमा मेरा छिमेकीहरुले दर्शाउनुभएको सहयोग, नेपाल प्रहरी र दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन,’ उनले भनेका छन्, ‘अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद, माया, सुझाव नजलोस् । म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे।’ फाइल फाेटाे

आगलागी राजेशपायल राई