समाचार अपराध सुरक्षा

राजधानीमा बसभित्रै बालिकामाथि बलात्कार

राजधानीमा बसभित्रै बालिकामाथि बलात्कार

काठमाडौँ । संघीय राजधानी काठमाडौंको मनमैंजुमा २ जना बालिकामाथि बसभित्रै बलात्कार भएको पाइएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा बलात्कारपछि घाइते अवस्थामा बालिका फेला परेकी थिइन् ।

अनुसन्धान गर्दै जाँदा बसभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य खुलेको हो । महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले ११ वर्षीय बालिकाको उद्दार गरी अस्पताल भर्ना गरेको थियो । बालिकासँगको सोधपुछका क्रममा बा ४ ख ८२ नम्बरको बसमा उनीसहित १ जना अर्की बालिकामाथि बलात्कार भएको खुलेको हो ।

प्रहरीले बालिकामाथि बलात्कारको अभियोगमा बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार पक्राउ गरेको छ । प्रहरीका अनुसार एल्जितले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको मेडिकल परीक्षणबाट पुष्टि भइसकेको छ । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।