खेल

क्यानको चुनाव असोज १० र ११ मा 

क्यानको चुनाव असोज १० र ११ मा 

काठमाठौँ । नेपाल क्रिकेट संघ (क्यान)को चुनाव आगामी असोज १० र ११ गते हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) , अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र स्वतन्त्र कमिटीका प्रतिनिधि सहितको बैठकले आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने सहमति जुटाएको हो ।

क्यानको केन्द्रीय निर्वाचनसँग सम्बन्धित प्रक्रियामा समस्या देखिएपछि विवाद समाधानका लागि भन्दै आईसीसीका प्रतिनिधि आइबार नेपाल आएका थिए ।

नेपाल आएका आईसीसी प्रतिनिधि इमरान ख्वाजा र अमर शेखसहतिको टोलीले क्यानको निर्वाचनका सन्दर्भमा सोमबार बिहान राखेपका सदस्य सचिव रमेश सिलवार र स्वतन्त्र कमिटीका कानूनी सल्लाहकार राजेश्वर श्रेष्ठसँग छलफल गरेको थियो ।

सोही छलफल पश्चात क्यानको केन्द्रीय निर्वाचन असोज १० र ११ गते सम्पन्न गर्ने गरी सहमित जुटेको राखेप सदस्यसचिव सिलवालले जानकारी दिए ।