समाचार

२ लाख २१ हजारसहित ५ जुवाडे पक्राउ

२ लाख २१ हजारसहित ५ जुवाडे पक्राउ

सिरहाः जिल्लाको सुखिपुर नगरपालिका–८ स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडे पक्राउ परेका छन् ।

जुवातास लक्षित अभियानअन्तर्गत सुखिपुर बजारमै सञ्चालित विकास होटल एन्ड कोल्ड सेन्टरबाट आइतबार राती ५ जनालाई जुवातास, नगदसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । 

विशेष सूचना पछ्याउँदै होटल पुगेको प्रहरीले जुवातास खेल्दै गरेका सोही ठाउँका ४० वर्षिय रञ्जीत साह, ४२ वर्षिय होटल सञ्चालक नागेश्वर चौधरी, ४५ वर्षिय रामप्रीत साह, ४० वर्षिय रामकिसुन महतो र ४१ वर्षिय रामविलास पुर्वेलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । 

जुवातास खालबाट रामविलास पुर्वे र रामप्रीत साहको ३० हजार ४ सय ५५ रुपैयाँ, रामकिसुन महतोको १४ हजार रुपैयाँ, रञ्जीत साहको ४५ हजार २ सय ७० र नागेश्वर चौधरीको १ लाख ३१ हजार ७ सय २० रुपैयाँ गरि कूल २ लाख २१ हजार ४ सय ३५ रुपैयाँ र तीन बुक ताससहित पाँचै जनालाई पक्राउ गरि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । 

सिरहा जुवा पक्राउ