अपराध सुरक्षा

अनधिकृत रुपमा एटिएमबाट पैसा निकाल्ने ५ चिनिया पक्राउ

अनधिकृत रुपमा एटिएमबाट पैसा निकाल्ने ५ चिनिया पक्राउ

काठमाडौँ । अनधिकृत रुपमा एटिएम मेशिनबाट पैसा निकाल्ने ५ जना चिनिया नागरिक पक्राउ परेका छन् । मध्यरात दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्दै गर्दा चिनियाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुबेदीले मध्यरात नबिल बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले सुरुमा एक जना पक्रिए पनि बाँकी चार जनालाई दरबारमार्गको माया मनोहर होटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारबढी अमेरिकन डलर बरामद गरेको छ ।

उनीहरुबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।