मनोरञ्जन

आउनुस् बुझौं टुप्पी महिमा

आउनुस् बुझौं टुप्पी महिमा

हिन्दु प्रचलनमा टुप्पीको ठूलो महत्व छ । प्राचीनकालमा प्रत्येक हिन्दुले अनिवार्य टुप्पी राख्नुपर्ने प्रावधान थियो । जसलाई हिन्दुत्वको प्रतिक मानिन्थ्यो । अहिले समय बद्लिएको छ । टुप्पीको औचित्यका बारेमा विविध प्रश्न उठ्न थालेका छन् । कपालको सौन्दर्य विगार्छ भनेर टुप्पीमाथि प्रहार हुन थालेका छन् । तर धार्मिक, सांस्कृतिक मात्र हैन, वैज्ञानिक कारणले पनि टुप्पीको महत्व प्रमाणित गर्दै लगेको छ । सबैभन्दा पहिले वैज्ञानिक तर्क गरौं ।

कालो वस्तुले सूर्यको किरणबाट अत्यधिक शक्ति आकर्षित गर्न सक्छ । उदाहरणका लागि कुनै दुई टुक्रा कपडा एउटा कालो र अर्को कुनै रंगको लिऊँ र त्यसलाई भिजाएर सुकाइदिउँ । कालो कपडा चाँडो सुक्छ । प्रकृतिको अर्को नियम के छ भने सधैं सानो अंशले अर्को ठूलो अंशसंग मिलेपछि मात्र पूर्णता प्राप्त गर्छ । प्रकृतिका सबै वस्तुले यही नियमको अधिनमा काम गर्छन् । साना नदी समुद्रमा मिलेपछि शान्त हुन्छन् । तातो वस्तु सधैं माथि माथि रहेको हुन्छ । ‘अण्डपिण्ड’ सिद्धान्तअनुसार प्रकृतिको यो नियम हाम्रो शरीरमा पनि लागू हुन्छ ।

हामी गायत्री मन्त्रद्वारा आफ्नो बुद्धि एवं मनलाई जागृत गर्नका निम्ति भगवान सूर्यको उपासना गर्छौं । वैज्ञानिकहरुको पनि स्वीकारोक्ति छ– सूर्य जीवन शक्तिको मुख्य कारण हो । बुद्धि र प्राण शक्तिलाई जागृत गराउनका निम्ति बुद्धिको केन्द्र मस्तिष्कमा कपालको गुच्छा राख्ने परम्परालाई नै टुप्पी भनिन्छ । टुप्पी कालो रंगको हुन्छ । यसकारण सूर्यबाट प्रकाशिनी शक्ति विशेष आकर्षण गरेर बुद्धिलाई अझ उन्नत गर्न सहयोग मिल्दछ । 

शरीर विज्ञानका अनुसार, जुन स्थानमा टुप्पी राखिन्छ, त्यसलाई पिनलज्वेण्ड भनिन्छ । त्यसको तल पिट्युटरी ग्रन्थी हुन्छ । यो ग्रन्थीमा बन्ने हार्मोन्स स्नायुद्वारा सम्पूर्ण शरीरमा पुगेर शरीरको विकास गरी त्यसलाई शक्ति सम्पन्न बनाइदिन्छ । टुप्पीले यो ग्रन्थीलाई आफ्नो काम गर्न सहज तुल्याइदिन्छ । र यसले यसले धेरै समयसम्म आफ्नो कार्य सुचारु रुपले गर्छ । फलस्वरुप बुद्धि पनि तीब्र हुन्छ ।

 मानव शरीरको एउटा मुख्य भाग नाडी हो, जसलाई सुषुम्ना पनि भनिन्छ । यो मस्तिष्कमा पुगेर समाप्त हुन्छ । यसको उत्कृष्ट रन्ध भाग शिखाको ठीक तल खुल्छ । यही स्थानलाई बुद्धिको केन्द्र मानिन्छ । साधारणतया हाम्रो शरीरका अन्य अंगले पसिनाको माध्यमले शारीरिक उष्मा बाहिर फ्याँक्छन् । सुषुम्ना केन्द्रको कपालद्वारा तेज बाहिर निस्कन खोज्छ । तर शिखा ग्रन्थीले यसलाई रोक्न सहायता गर्छ । अनि यही तेजले नै शरीरमा बुद्धि, मन र शरीरको उन्नति गर्छ । 

पाश्चात्य विद्वानहरुले हिन्दुका परम्परागत मान्यताप्रति शुरुदेखि नै रुचि देखाएका छन् । उनीहरुले थुप्रै खोजी पनि गरे । यसको महत्वबारे केही वैज्ञानिकहरुको विचार यस्तो छ । 

१. विश्वविख्यात विद्वान मेक्समूलरले भनेका छन्– टुप्पीले मानव मस्तिष्कमा सजिलोसंग शक्तिको प्रवाह गराउँछ । 

२. सर गल्र्सल्यूक्सका अनुसार टुप्पी शरीरको त्यो अंगसंग सम्बन्धित छ, जसले ज्ञान, बुद्धि र तमाम अंग सञ्चालन गर्दछ । जहिलेदेखि उनले यो तथ्य पहिल्याए, त्यसैबेलादेखि उनले टुप्पी राखेका थिए । 

३. डा. हायावमले हिन्दुहरुले टुप्पी राखी बुद्धि, विलक्षणताले भरपूर भएको देखेर हिन्दु धर्ममा आस्था जनाउँदै आफूले पनि टुप्पी राखेका थिए । 

४. डा. आई. क्लार्क भन्छन्– टुप्पी राख्दा बुद्धि मात्र बढ्ने नभई सुषुम्न केन्द्रको पनि यसले रक्षा गर्छ । 

५. शरीरको अति मर्मस्थान शिखामुनिको भाग पनि हो । आयुर्वेदमा यसलाई अधिपति मन भनिन्छ । यही स्थानको रक्षाका लागि टुप्पी राखिन्छ । हिन्दु परम्पराअनुसार ब्राम्हण, क्षेत्रीहरुले ब्रतबन्ध गरेपछि मात्र टुप्पी राख्छन् । ब्रतबन्ध गर्दा टुप्पीमा समाएर गायत्री मन्त्र सुनाइन्छ । शिखा अर्थात जनै राख्ने ठाउँ पनि मस्तिष्कसंगै जोडिएको हुन्छ । शिखाको प्रयोग पनि मानिसको शुद्ध आचरण र आहारविहारसंग जोडिन्छ । 
 

हिन्दु टुप्पी