समाचार

विप्लव समूहका जिल्ला इन्चार्जसहित २ जना पक्राउ

विप्लव समूहका जिल्ला इन्चार्जसहित २ जना पक्राउ

बर्दिया । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेतृत्व गरेको नेकपा जिल्ला इन्चार्ज मिना धामी चलाउने र मोष्ट वाण्टेड सूचीमा रहेका लोकेन्द्र जैसी पक्राउ परेका छन् । 

जैसी चन्द निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्कितकारी) का नेता हुन । उनीहरु विरुद्ध चन्दा आतंक लगायत मुद्दामा कारवाही चलाएको प्रहरी उपरीक्षक राजेश नाथ बाँस्तोलाले बताए ।

लामो समयदेखि जैसीलाई पक्राउ गर्न प्रहरीले निकै कसरत गरे पनि सकेको थिएन । संगठन विस्तार गर्ने क्रममा उनीहरुलाई बाँसगढी नगरपालिका–९ माछागढबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुई दिन अघि प्रहरीले चन्द समूहका ४ नम्बर क्षेत्रिय कमाण्डर ४५ वर्षीय पुरणबहादुर वलीलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय मोतीपुरले बासगढी नगरपालिका–५ ब्यारेल टोलका वलीलाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ विप्लव समूह मिना धामी चलाउने लोकेन्द्र जैसी