समाचार अपराध सुरक्षा

गोलढुंगामा गोली चल्यो, साजन गुरुङ पक्राउ 

गोलढुंगामा गोली चल्यो, साजन गुरुङ पक्राउ 

काठमाडौँ । काठमाडौंको गोलढुंगामा गोली चलेको छ । प्रहरीले गोली चलाएर गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा नजोक भनिने साजनलाई पक्राउ गर्न गएको प्रहरीलाई कटुवा पेस्तोल देखाएपछि प्रहरीले गोली  चलाएको  महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

थापाका अनुसार साजनको खुट्टामा दुई गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भैरहेको छ ।साजनलाई विभिन्न अभियोगमा प्रहरीले पक्राउ गर्न खोजी गर्दै आएको थियो । 

धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।