अपराध सुरक्षा

श्रीमती हत्या गरी फरार १५ वर्षपछि पक्राउ

श्रीमती हत्या गरी फरार १५ वर्षपछि पक्राउ

महोत्तरी । श्रीमतीको हत्या गरी १५ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् । महोत्तरीको औरहीबाट पक्राउ गरी प्रहरीले  शुक्रबार विहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहर छन् । विसं २०६१ कात्तिक १८ गते उनले तत्कालीन औरही नगरपालिका वडा नं २ मा ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए ।

मुसहरले घरायसी विवादका कारण आफ्नो श्रीमती बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।