मनोरञ्जन

'नाच फिरिर'बाट चर्चित महेश काफ्लेको 'माया बिरानी' [भिडियो]

'नाच फिरिर'बाट चर्चित महेश काफ्लेको 'माया बिरानी' [भिडियो]

काठमाडौं : 'नाच फिरिरि'बाट चर्चा बटुलेका गायक महेश काफ्लेले नयाँ गीत सार्वजनिक भएको छ। उनले 'माया बिरानी' बोलको नयाँ गीत ल्याएका हुन्।

गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ। गीतको शब्द र संगीत स्वयं महेशको रहेको छ। असिम शाहको निर्देशनमा बनेको गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर भएका छन्।

एरेन्ज उदयराज पौडेल रहेका छन् भने कोरियोग्राफर राजिब समारले गरेका हुन्। भिडियो हरि हुमागाईं र उत्तम हुमागाईंले खिचेका हुन् भने इडिट लोकेश बज्रचार्यको रहेको छ।

महेश काफ्ले नाच फिरिर माया बिरानी