राजनीति

नेकपाले दियो उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता निवेदन

नेकपाले दियो उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता निवेदन

काठमाडौं : उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आगामी मंसिर १४ गते रिक्त रहेका ५० पदका लागि उपनिर्वाचन हुँदैछ।

बिहीबार अपराह्न नेकपाको तर्फबाट दल दर्ताको निवेदन निर्वाचन आयोगमा पेस गरिएको नेकपाका स्थायी समिति सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विटमार्फत जानकारी दिएका छन्।

निर्वाचन आयोगले भदौ १६ गते सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको थियो। आयोगले इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ। आयोगका अनुसार प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्ष ४१ गरी ३६ जिल्लामा ५० पदमा उपनिर्वाचन हुँदैछ।

नेकपा

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्