समाचार

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटको बसमा आगलागी

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटको बसमा आगलागी

नवलपरासी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेको बीच जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको छ। महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना६ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो।

बसमा आगलागी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। बसमा सवार यात्रु सकुसल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेम बहादुर केसीले बताए।

आगलागीको कारण भने खुल्न सकेको छैन। बसमा आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय बर्दघाटबाट पुगेको प्रहरी टोली आगलागी नियन्त्रणमा लिएको हो।

आगलागीबाट बस पूर्णरूपमा क्षति भएको केसीले जानकारी दिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगलागी