राजनीति

कांग्रेसले भन्यो : प्रधानमन्त्री ओलीको उपचार खर्च सार्वजनिक गरियोस्

कांग्रेसले भन्यो : प्रधानमन्त्री ओलीको उपचार खर्च सार्वजनिक गरियोस्

मोरङ : प्रदेश १ का प्रतिपक्षी सांसदले प्रधानमन्त्री केपी ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका छन् । बुधबार प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै प्रमुख पतिपक्षी दल कांग्रेसका सांसदले प्रधानमन्त्री ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गराएको खर्च थाहा पाउने नागरिकको हक भएकाले खर्च सार्वजनिक गर्न माग गरे । कार्कीले भने, ‘हामी प्रम ओलीको स्वास्थ्यलाभको कामना गर्छौँ, तर उहाँको उपचार कुन आर्थिक स्रोतबाट कति खर्चमा भयो, त्यो जान्न पाउने अधिकार नागरिकलाई छ । त्यसैले उहाँको उपचारमा भएको खर्च तत्काल सार्वजनिक गरियोस् ।’

सांसद कार्कीले प्रम ओली सिंगापुरमा उपचार गराइरहँदा धेरै ठेकेदार पैसाको मुठो बोकेर अस्पतालको बिल तिर्न पुगेको दाबी गरे । ‘ठेकेदारले प्रमको उपचार खर्च किन बेहोरेका हुन् ? कारणसहित उपचारको स्रोत प्रस्ट रूपमा सरकारले सार्वजनिक गर्नुपर्छ,’ कार्कीले भने । सांसद कार्कीले सरकारले सुशासन र भ्रष्टाचार अन्त्यका कुरा गरे पनि मन्त्रालय र कार्यालयहरूमा खुला रूपमा भ्रष्टाचार भइरहेको आरोप लगाए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

काँग्रेस

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्