समाचार रोजगार

विकल्प छँदाछँदै करारमा कर्मचारी, ४१८ ले नियुक्ती लिँदै

विकल्प छँदाछँदै करारमा कर्मचारी, ४१८ ले नियुक्ती लिँदै

काठमाडौं : स्थानीय तहबाटै कार्यक्रम व्यवस्थापनको विकल्प हुँदाहुँदै संघीय सरकारले अतिरिक्त व्ययभार बढाउनेगरी गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालनमा ४१८ जनालाई करारमा नियुक्त गर्न लागेको छ ।

मासिक तलब/भत्ता र अन्य सेवासुविधासहित भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबसँग विश्वेश्वर कार्यक्रममा लागि ७७ जिल्ला समन्वय समितिमा जिल्ला समन्वयकर्ता र ३४१ स्थानीय तहमा सामाजिक परिचालक नियुक्त गर्न लागेको हो ।

मन्त्रालयसँग संघमा रहेका फाजिल कर्मचारीलाई कार्यक्रम व्यवस्थापकका रुपमा परिचालन गर्ने वा स्थानीय तहबाटै त्यसको सञ्चालन गर्ने विकल्प थियो । संघीय सरकारअन्तर्गत ४ हजारभन्दा बढी कर्मचारी कामविहीन छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

कर्मचारी

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्