विचित्र विश्व समाचार

नौ जना नर्सले एकसाथ जन्माए बच्चा

नौ जना नर्सले एकसाथ जन्माए बच्चा

एजेन्सी । अमेरिकाको पोर्टल्याण्डस्थित एक अस्पतालको प्रसुत विभागमा कार्यरत नौ जना नर्सले बच्चा जन्माएका छन् । उनीहरु एकसाथ गर्भवती भएका थिए । एकसाथ गर्भवती भएका ती सबै नर्सले अन्ततः सबैजनाले बच्चा जन्माएका छन् ।

सामाजिक सञ्जालमा ती नर्सको तस्वीर भाइरल बनेको छ । पोर्टल्याण्डस्थित मेन मेडिकल अस्पतालको प्रसूति विभागमा काम गर्ने ती नर्सहरु एकैचोटि गर्भवती भएसँगै अस्पतालले नै आफ्नो फेसबुक पेजबाट तस्वीरसहित बधाई दिएको थियो ।

ती सबै नर्सले अप्रिलदेखि जुलाईको बीचमा बच्चा जन्माउने थिए र भयो पनि त्यस्तै । अहिले बच्चाहरुको उमेर ३ हप्तादेखि साढे ३ महिनासम्मको छ ।