अपराध सुरक्षा समाज

न्यायाधीशका चालक घुससहित पक्राउ 

न्यायाधीशका चालक घुससहित पक्राउ 

सिरहा । जिल्ला अदालत सिरहामा कार्यरत एक न्यायाधीशका सवारी चालकलाई लाखौँ घुससहित पक्राउ परेका छन् । जिल्ला अदालत सिरहाको इजलास नम्बर ३ का न्यायाधीश नरनारायण पौडेलका सवारी  चालक वृजमोहन यादवलाई  बिहिबार दिउँसो एक लाख १० हजार घुससहित  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नियन्त्रणमा लिएको हो । 

यादवलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास प्रवक्ता हरिप्रसाद प्रसाद घिमिरेले जानकारी दिए । पक्राउ  परेका यादवबारे थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।