विदेश

अम्बानी कसरी बने धनी? यी हुन् उनका ७ सूत्र

अम्बानी कसरी बने धनी? यी हुन् उनका ७ सूत्र

काठमाडौंः धनी बन्ने रहर सबैलाई हुन्छ । तर, केही व्यक्तिले मात्र आफ्नो त्यो रहर पूरा गर्न सक्छन् । तीमध्येका एक हुन्, भारतका धनाढ्य मुकेश अम्बानी । मिहिनेत र लगनशीलताका कारण उनी भारतमा प्रेरणाको स्रोत नै बन्न पुगे । उनी कसरी धनी भए त? 

१– पैसाको पछि दौडिँदैनन्
मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा राख्छन् । 

२– ठूलो सपना 
ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । उनी ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउनसमेत सक्दैनन् । उनलाई लाग्छ, निरन्तर खटेपछि रेभिन्युले 
आफैँ बताउँछ । 

३– मन लागेको क्षेत्रमा लगानी
उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् । उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक पनि हुन् । आफ्नो मनले मागेका कुरा मानिसले पूरा गर्नुपर्ने उनको तर्क छ । 

४– आत्मविश्वास 
उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन् । त्यसैले कामको कुरा आएपछि आफ्नै अनुभवलाई सम्झन्छन् । 

५– साहसी व्यक्तित्व
उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् । हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् । 

६– निरन्तरता 
दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ सक्रिय हुनुपर्ने उनको तर्क छ । उनी टिमका हरेक व्यक्तिको साथमा हुन्छन् र व्यावसायिक व्यक्तिहरूमा भरोसा पनि राख्छन् ।

७– बजारको माग 
व्यापार, व्यवसाय प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी पर्छ । यदि उत्पादन राम्रो भए पनि बजार छैन भने त्यसले अपेक्षाकृत परिणाम नल्याउन सक्छ । समयको माग र आवश्यकताअनुसार उनी अगाडि बढ्छन् । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

मुकेश अम्बानी धनी

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्