मुख्य समाचार

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्दा पाँचको मृत्यु 

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्दा पाँचको मृत्यु 

बीबीसी । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तिमा पाँच जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १६ जना घाइते भएका छन् । 

ओडेसा सहरका प्रहरीअधिकारीहरुका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले एक ट्राफिक प्रहरीलाई गोलीको निशाना बनाएका थिए । बन्दुकधारको कार ती ट्राफिक प्रहरीले रोक्ने बित्तिकै उनैमाथि गोली प्रहार भएको थियो । लगत्तै उनले एक पोस्टल ट्रक नियन्त्रणमा लिएर मिडलैंड सहरतर्फ गएका थिए । त्यहाँ पनि उनले गोली चलाए । 

प्रहरीले चलाएको गोली लागेर सिनेमा कम्प्लेक्समा उनको मृत्यु भएको छ । प्रहरीका अनुसार बन्धुकधारी करिब ३५ वर्षका थिए । शनिबार दिउँसो भएको यो घटना के कारणले भयो भन्ने स्पष्ट छैन ।