मनोरञ्जन

भद्रगोलबाट अलग्गिएको टिमले सक्किगो नि ल्याउने

भद्रगोलबाट अलग्गिएको टिमले सक्किगो नि ल्याउने

काठमाडौँ । हास्य टेलिश्रृङखला ‘भद्रगोल’बाट अलग्गिएका कलाकारहरुको समूहले नयाँ टेलिसिरियल ल्याउने भएको छ । मिडियाहबसँगको विवादका कारण ‘भद्रगोल’बाट अलग्गिएका अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) सहितका कलाकारहरुले ‘सक्किगोनि’ नामको नयाँ टेलिसिरियल ल्याउन लागेका हुन् ।

नयाँ टेलिसिरियलमा उनीहरुसँगै सागर लम्साल (बले), हरि निरौला (कक्रोज) मधुसुदन पाठक (सिते बा) लगायत २१ जना कलाकार हुनेछन् ।

कलाकार मधुसुदन पाठक (सीते बा)ले नै सामाजिक सञ्जाल (फेसबूक)मार्फत ‘सक्किगोनि’ आउने जानकारी गराएका हुन् ।


 

ADVERTISEMENT