समाचार

को-को उठ्दै छन् रवीन्द्रको चुनाव क्षेत्रमा ?

को-को उठ्दै छन् रवीन्द्रको चुनाव क्षेत्रमा ?

काठमाडौं : महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका हुन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ । कास्की २ बाट चुनाव लड्न ‘हेभिवेयट’ उम्मेदवारको चर्चा छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ । नेकपा कास्कीका एक प्रभावशाली नेताले गौतमलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको बताए ।

त्यसैगरी कांग्रेसबाट नेता धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा छ । गुरुङले सामाजिक सञ्जालमै समेत अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए ।

साझा पार्टीले पनि उम्मेदवार चयन गर्न गृहकार्य थालेको छ। शनिबारसम्म उम्मेदवार घोषणा गर्ने पार्टीको तयारी छ। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो।

रवीन्द्र अधिकारी
ADVERTISEMENT