खेल

नेपाली चेलीको करामत, ताजकिस्तानलाई हराउँदै फाइनलमा

नेपाली चेलीको करामत, ताजकिस्तानलाई हराउँदै फाइनलमा

नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै नेपाली महिला फुटबल टोलीले फाइनलमा स्थान बनाएकाे हाे। नेपालकाे जितका लागि सावित्रा भण्डारीले एक गोल गरिन्। पहिलो हाफ गोलरहित बनेको खेलमा सावित्राले खेलको ८६ औँ मिनेटमा गोल गरेकी हुन्।

नेपालले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गालले पराजित गरेको थियो भने सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो।

उपाधिका लागि नेपालले उज्वेकिस्तानको सामना गर्नेछ। उज्वेकिस्तान आफ्ना दुई खेलमा लगातार विजयी हुँदै यसअघि नै फाइनल पुगिसकेको छ।

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्