कभर स्टोरी

यस्तो छ प्रधानसेनापति थापाको सम्पत्ति विवरण (विवरणसहित )

यस्तो छ प्रधानसेनापति थापाको सम्पत्ति विवरण (विवरणसहित )

प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति उनले मंगलबार सार्वजनिक गरेका हुन् । 

आफूले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको उल्लेख गर्दै उनले नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरे । थापाले काठमाडौं, लम्जुङ, नवलपरासीलगायतका स्थानमा रहेको जग्गाको विवरण, सुन, चाँदी र हिराका गहना, बैंक, वित्तीय संस्थामा रहेको नगद, धितोपत्र, शेयरसहित बैंकबाट लिएको ऋणको पनि विवरण खुलाएका छन् ।

थापाले श्रीमती दिपा थापा र छोरी रुरु थापाको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गरेका छन् । थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी र करिब १० लाख रुपैयाँमा खरिद गरेको हिराको हार र औंठी रहेको विवरण सार्वजनिक गरेका छन् ।

यस्तो छ उनले सार्वजनिक गरेको सम्पत्ति विवरण–

ADVERTISEMENT