अपराध सुरक्षा

काठमाडौँको बिजेश्वरीमा गोली चल्यो, लोप्साङ भनिने मिलन तामाङ पक्राउ

काठमाडौँको बिजेश्वरीमा गोली चल्यो, लोप्साङ भनिने मिलन तामाङ पक्राउ


काठमाडौँ । काठमाडौँको बिजेश्वरीमा गोली चलेको छ । विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोप लागेका लोप्साङ भनिने मिलन तामाङ पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

काठमाडौंको विजेश्वरी हाउजिङको झिंगु क्याफेबाट लोप्साङलाई प्रहरीले पक्रेको हो । उनलाई घुँडामुनी गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


गोली लागि घाइते भएका लोप्साङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी हपराध महाशाखाको वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो । लोप्साङसँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।


रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको प्रहरीको दावी छ ।