समाचार

वीरगन्जमा २३ करोडको जमिन व्यक्तिग बनाउन चलखेल 

वीरगन्जमा २३ करोडको जमिन व्यक्तिग बनाउन चलखेल 

वीरगन्ज । वीरगन्ज महानगरपालिकास्थित एक विघा नौ कठ्ठा १० धुर सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ ।

महानगरपाकिलालको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नै आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खाजेपछि स्थानीयको पहलमा रोक लगाइएको हो । 

वीरगन्ज औद्योगिक क्षेत्र नजिकै रहेको परवानीपुर–आइसिपी बाइपास सडकखण्डबाट दक्षिण जगरनाथपुर चोक जोड्ने मूल बाटो छेउमा सो जग्गा छ । जगरनाथपुर क्षेत्रमा कठ्ठाको ८० लाख रुपैयाँ पर्ने स्थानीय बताउँछन् । 
नागरिक दैनिकबाट