अपराध सुरक्षा

किशोरी छोरीमाथि यौन सम्पर्क गर्दै गर्दा बाबुले देखेपछि.....

किशोरी छोरीमाथि यौन सम्पर्क गर्दै गर्दा बाबुले देखेपछि.....


ओखलढुंगा । १८ वर्षीय एक किशोरी छोरी । घाँस काट्न जंगलमा पुगेको बेला । यही मौकामा उनीसँग यौन सम्पर्कको मौका छोप्दै पुगे प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव । तर उनलाइ थाहा थिएन किशाेरीका बुबा त्यतै थिए । 

सप्तरी घर भएका यादव किशोरीमाथि बलात्कारको अभियोगमा पक्राउ परेका छन् । यादवले जंगलमा घाँस काट्न गएकी किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला किशोरीका बुवाले देखेपछि घटना बाहिर आएको हो । 


प्रहरीले नै जंगलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए । प्रहरी जवान यादवले यस अघि जङ्गलमै घाँस काट्न गएको समयमा श्रावण दुई गते पनि किशोरीलाई आश्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ ।

पीडितले किटानी जाहेरी दिएपछि यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले ‘घटनाको प्रकृति हेर्दा सहमतिमा यौन सम्पर्क भएको र किशोरीका बुबाले देखेपछि आवाज उठाएको जस्तो देखिन्छ तर सहमति भएपनि प्रहरी भएकाले त्यसो गर्नु हुन्नथ्यो । ’’