मस्तिष्क एक, चमत्कार अनेक

मस्तिष्क एक, चमत्कार अनेक

मानव मस्तिष्कले शरीरको २०५ अक्सिजन र रगत प्रयोग गर्दछ भने मष्तिष्कले शरीरको कूल तौलको २५ ओगट्छ । 

५ देखि १० सेकेण्ड अक्सिजन पुगेन भने मान्छेको मस्तिष्क नफर्किने गरी मर्नसक्छ । 

द्रूत गतिमा विकास भइरहेको मस्तिष्कलाई धान्न केटाकेटीको टाउकोको आकार शरीरको तुलनामा ठूलो हुन्छ । एउटा वयष्क मान्छेको मस्तिष्कको ८० प्रतिशत जति २ वर्षको बच्चाको मस्तिष्क हुन्छ । 

हाम्रो मस्तिष्क ७३५ पानी हो । यसले ध्यान, स्मृति र अन्य संज्ञात्मक कौशलताको लागि २५ मात्र निर्जलीकरण व्यवस्थापन हुन्छ । 

शरीरको २५५ कोलेष्ट्रोल दिमागमा रहन्छ । पर्याप्त कोलेष्ट्रोल बिना दिमागका कोषहरू मर्दछन् । 

जागा भएको अवस्थामा मानव मस्तिष्कले १२ देखि २५ वाट विद्युत निकालिरहेको हुन्छ , जुन सानो चिमलाई निरन्तर बाल्ने क्षमताको विद्युत हो । 

कसैले तथ्य पत्ता लगाइ नसके पनि पछिल्लो अध्ययन अनुसार हाम्रो दिमागमा ८६ अर्ब न्यूरोनहरू रहेका हुन्छन् । 

औसत दिमागले दैनिक ५० हजार विचार उत्पादन गर्छ, त्यो मध्ये ७० प्रतिशत नकारात्मक हुन्छन् । 

प्रत्येक सेकेण्डमा दिमागमा १ लाख बढी रासायनिक प्रतिक्रिया हुन्छ । 

१ एमपिएचमा ९ माइल्स प्रति घण्टा मस्तिष्कमा सूचना जतासुकै पुग्दछ र यो गति २६८ माइल प्रतिघण्टाको हुन सक्दछ । 

४० वर्षको उत्तराद्र्धसम्म पनि दिमागको विकास जारी नै रहन्छ । प्रत्येक चोटि स्मृति गर्दा दिमागमा नयाँ जडान बन्ने गर्दछ । 
एउटा यस्तो भाइरस हुन्छ, जसले डिएनएमा आक्रमण गरी मान्छेलाई कम बुद्धिमान, दिमागको क्षमता एवं सिकाइ र स्मृतिमा कमी ल्याउन सक्दछ ।

मस्तिष्कको बारेमा अध्ययनबाट थाहा भएका तथ्यभन्दा कैयांै गुणा बढी थाहा नभएका कुरा छन । 

मान्छेको दिमागी सम्झन सक्ने क्षमताको कुनै पनि सीमा हुँदैन । दैनिक हामी कति बिर्सन्छौं, त्यो अनौठो छ  तर सामान्यतया दिमागको भण्डारण क्षमता असीमित हुन्छ । नर्थ वेस्टर्न युनिभर्सिटीका  साईक्लोजीका प्राध्यापक पाउल रिबरले गरेको अनुमानित हिसाबअनुसार दिमागले २÷५ पेटाबाईट डाटा भण्डारण गर्न सक्छ, जुन २५ लाख गिगाबाइट हो ।

ब्रेन कोष एकै खालका हुँदैनन । मस्तिष्कमा १० हजार विशिष्ट प्रकारका न्यूरोनहरू हुन्छन ।

मान्छेको दिमागमा १ अर्ब न्यूरोन ९कोष नशाहरू हुन्छन । एउटा न्यूरोनको दशौं हजार वटा अरू न्यूरोनसँग सम्पर्क हुन्छ, जसमा १० खर्ब बढी जडान हुन्छन । तिनै न्यूरोनको सम्पर्क र संयोजनमा एकैचोटि धेरै कुरो सम्झन सकिने अवस्था हुन्छ ।

प्रोफेसर पाउलका अनुसार यसको भण्डारण क्षमता २÷५ पेटाबाइट नजिक हुन्छ । यति धेरै क्षमता हुँदाहुँदै पनि हामी विर्सिने गर्दछौ । यसमा प्राकृतिक नियम लागू हुन्छ । तर नियमित रूपमा अभ्यास गरे सूचना पुनरावृत्ति अत्यन्तै सहज तरिकाले गर्न सक्छौं ।

बालुवाको कणजत्रो दिमागको एउटा तन्तुमा १ लाख न्यूरोनहरू हुन्छन भने १ अर्ब बढी जडानहरूले एक–अर्कामा सूचना आदानप्रदान गरिरहेका हुन्छन । 
अध्ययनहरूले के देखाएका छन भने दिमागको दीर्घकालीन भण्डारण क्षमता असीमित भए पनि अल्पकालीन भण्डारण क्षमता भने कम हुन्छ ।

हामीले एक समयमा ५ देखि ९ टुक्रा सूचना मात्र सम्झन सक्छौं । केही समय बिर्सेर यसलाई पुनः सम्झना गर्ने प्रयास गर्यो भने सम्झने बढी सम्भावना बनाउँछ ।

मष्तिष्कमा स्मृति सञ्चय कुनै पनि एक ठाउँमा नभई छरपष्ट अवस्थामा भएको हुन्छ । कसरी सम्झनाहरू भण्डारण हुन्छ भन्ने कुरा भावनात्मक तीब्रतामा फरक पर्दछ ।

.                                                        मस्तिष्कको आकार

शारीरिक आकारको आधारमा मान्छेको मस्तिष्क ढाड भएका प्राणीमध्येकै ठूलो हो, जसको आकार १।५ किलोग्राम हुन्छ । तर मान्छेको मस्तिष्कभन्दा ठूलो   Victorian era  को १७ पाउण्डको दिमाग हुन्छ ।

सामान्यतया केटा मान्छेको मस्तिष्क केटी मान्छेको (शरीरको तौलसँग सम्बन्ध हुँदैन) भन्दा १०५ बढी हुन्छ ।

सबैले प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइनस्टाइनको मस्तिष्कको तौल धेरै थियो भन्ने गर्दछन तर उनको मस्तिष्कको तौल २।७१ पाउण्ड अर्थात १२ सय ३० ग्राम मात्र थियो । यो मान्छेको औसत मस्तिष्कको तौल ३ पाउण्ड अर्थात १४ सय ग्रामभन्दा १०५ ले कम हो । तर उनको न्यूरोनको घनत्व भने औसत मस्तिष्कभन्दा बढी रहेको पाइएको छ । 

अल्वर्ट आइन्स्टाइनको शव परीक्षण गर्ने प्याथोलोजिष्ट थोमस हार्वेले उनको मस्तिष्क चोरेर ४० वर्षसम्म जारमा राखेका थिए । 

 नियाण्डर ताल मस्तिष्क होमोस्यापिन्स  ९ प्रजातिको भन्दा १०५ ठूलो पाइएको छ ।

                                                            जीवनशैलीले दिमागमा पार्ने प्रभाव 

हाम्रो दिमाग सानो हुँदै गइरहेको प्रमाण पाइएको छ । विगत १० देखि २० हजार वर्षमा मानव मस्तिष्कको आकार टेनिस बल बराबरले खुम्चिएको पाइएको छ । 

हाम्रो चलाखी पनि घटेको छ । औसत आइक्यू  क्षमता प्रतिदशक १।६ विन्दुले घटेर कूल १३।३५ विन्दुले न्यून भइसकेको छ । 

एकभन्दा धेरै काम गर्दा दिमागको उत्पादकत्व कम हुने देखिएको छ । यसो गर्दा दिमागका विकल्पमा तीब्र स्वीच गर्नुपर्ने भएकोले ध्यान, सिकाई, क्षमता र अल्पकालीन स्मृतिमा ह्रास ल्याउने अध्ययनहरूले देखाउँछन । 

आश्चर्यजनक कुरो त यो छ कि १८ देखि ३४ वर्षका मानिसले बच्चाभन्दा बढी बिर्सन्छन । आज कति गते हो, साँचो कहाँ राखेँ जस्ता कुराहरू समेत बिर्सन्छन । जुन कुरा उनीहरूका अभिभावकले बढी स्मरण गर्दछन । 

मदिराले दिमाग मार्दैन तर जडान तन्तुहरूमा क्षति पुर्याउने गर्दछ । अल्कोहल सेवन गर्दाको अवस्थाको स्मृति हराउनु बिर्सेर होइन । पिएको बेला दिमागले स्मृति नै नबनाएर हो ।

सूर्तीमा हुने निकोटिन दिमागमा पुग्न ७ सेकेन्ड मात्रै समय काफी छ भने मदिराको असर ६ मिनेटभित्र दिमागमा पुग्न सक्छ । 

दिमागमा रहने १४० प्रकारभन्दा बढी प्रोटिन तत्वमा मोबाइल फोनलगायत अन्य विद्युतीय उपकरणले निकाल्ने इलेक्ट्रोम्याग्नेटिक फ्रिक्वेन्सीले नकारात्मक असर पुर्याउने गर्दछ । 

टाउकोमा मात्र दिमाग हुँदैन । दिमाग नियन्त्रण गर्न सक्ने खुबीको दोस्रो दिमाग त आन्द्रा हो, जहाँ एक लाख न्यूरोनहरू हुन्छन र त्यहाँ भित्तामा हुने सकारात्मक व्याक्टेरियाले ३० प्रकारका न्यूरोट्रान्स मिटर उत्पादन गर्दछन, जसमा सेरोटोनिनजस्ता खुशीका अणुहरूलगायत पनि पर्दछन । 

दिमागका रक्तनललीहरूको संख्या जोड्दा १० हजार माइल हुन्छ भन्ने पाइए पनि अध्ययनहरूले ४ सय माईलसम्म हुने देखाएका छन ।


 

अक्सिजन मानव मस्तिष्क

संम्बधित खबर