समाचार

हिमानीले खोलिन– दैवी उद्धार कोष, सहयोगका लागि आव्हान

हिमानीले खोलिन– दैवी उद्धार कोष, सहयोगका लागि आव्हान

पूर्वराजा ज्ञानेन्द्र शाह संरक्षक रहेको हिमानी ट्रष्टले दैवी उद्धार कोष स्थापना गरेको छ । ट्रष्टकी अध्यक्ष हिमानी शाहले आइतबार पत्रकार सम्मेलन गरी सहयोगका लागि देशवासीसंग आव्हान गरेकी छन् । 

दैवीप्रकोपमा परेका सम्पूर्ण नेपालीलाई कोषले यथाशक्य राहत उपलब्ध गराएको स्मरण गर्दै अध्यक्ष शाहले भैपरी आउने यस्ता समस्यामा सहयोगका लागि कोष स्थापना गरिएको बताइन् । 

सो अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देश, विज्ञप्ति र शुभकामना संग्रहित पुस्तक विक्रीबाट आएको रकम दैवी कोषमा जम्मा गरिने बताइएको छ । यसका लागि पूर्वराजा ज्ञानेन्द्रले ट्रष्टलाई पाँच सय थान पुस्तक दिएका छन् । 

छोटो पत्रकार सम्मेलनमा पूर्वयुवराज पारस शाह र हिमानी शाहकी जेठी छोरी पूर्णिका शाह उपस्थित थिइन् । 
 

पूर्वराजा ज्ञानेन्द्र शाह हिमानी ट्रष्ट