समाचार अपराध सुरक्षा

कलियुगका युधिष्ठिर जसले जुवामा हारेपछि पत्नीलाई यौन सम्पर्कका लागि सुम्पिए

कलियुगका युधिष्ठिर जसले जुवामा हारेपछि पत्नीलाई यौन सम्पर्कका लागि सुम्पिए


एजेन्सी। रक्सीले मातेका एक पुरुषले जुवामा हारेपछि आफ्नै पत्नीलाई यौन सम्पर्कका लागि साथीहरुलाई सुम्पेका छन् । साथीहरुलाई बलात्कारको लागि उनले सुम्पिएका थिए । महिलाको पतिका साथी अरुण र अनिल उनको घरमा रक्सी पिउन र जुवा खेल्न आएका थिए । 


भारतको उत्तर प्रदेशस्थित उत्तर प्रदेशको जउनपुरमा एक गाउँमा रक्सीले मातेका ती पुरुषले जुवामा हारेपछि श्रीमतीलाई बलात्कारका लागि छाडेका हुन् । उनले साथीहरुसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई ‘सेक्स’का लागि सुम्पिने बाचा गरेका थिए । जुवामा हारेपछि सोही भयो ।

 

घटनापछि ती महिला अदालत पुगेकी छिन् । ती महिलाका अनुसार उनका पति जँड्याहा हुन् । पछिल्लो पटक उनले साथीहरुसँग हारेपछि पत्नीलाई नै प्रयोग गरेका हुन् ।