समाचार

बर्दियामा गैंडा आक्रमणबाट ४ जना घाइते

बर्दियामा गैंडा आक्रमणबाट ४ जना घाइते

बर्दियाको बार बर्दिया नगरपालिका वडा नम्बर ४ मा गैंडाको आक्रमणबाट चार जना गम्भीर घाइते भएका छन् । स्थानीय पत्रकार राजकुमार विकका अनुसार बरबट्टा गाउँको खेल मैदान नजिकै कुसुम्घाट जाने बाटोमा गैंडाले बटुवामाथि आक्रमण गरेको थियो । 

आक्रमणमा परी सोही नगरपालिकाकी ६५ वर्षीय जगली थारु, १० बर्षीया नीता थारु र सीखा थारु घाइते भएका छन् । यस्तै, बार बर्दिया नगरपालिका वडा नम्बर ५ का ३९ बर्षीय रामप्रसाद थारु पनि गैंडाको आक्रमणमा परी घाइते भएका छन् । 

घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । गैंडा आक्रमणको खबर पाएपछि बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी घटनास्थल पुगेका छन् ।