राजनीति

‘नेपालविरुद्ध भारतको ग्रान्ड डिजाइन छैन’

‘नेपालविरुद्ध भारतको ग्रान्ड डिजाइन छैन’

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालविरुद्ध भारतले कुनै षडयन्त्रकारी योजना नबनाउको भन्दै आफ्नो देशतर्फ शंका नगर्न आग्रह गरेका छन् ।

 भारतीय गुप्तचर संस्था रअका प्रमुख समन्त गोयल हालै सुटुक्क नेपाल आएर फर्केपछि उठेका तरंगलाई इंगित गर्दै उनले आफ्नो देशको त्यस्तो कुनै मनसाय नभएको बताएका हुन् । 

‘भारतले नेपालविरुद्ध ठूलै ग्रान्ड डिजाइन तयार पारिरहेको छ भन्ने आशंका धेरैमा देखिरहेको छु’, दुई देशका सम्बन्धका पाटाबारे राजधानीमा शुक्रबार बोल्दै उनले भने, ‘भारतको त्यस्तौ कुनै उद्देश्य छैन । नेपाल स्वतन्त्र देश हो, उसले आफ्नो इच्छाअनुसार काम गर्न र वैदेशिक सम्बन्ध अघि बढाउन सक्छ भन्ने हेक्का हामीलाई छ ।’

कान्तिपुर दैनिकबाट