ओटोमोबाइल

'नाडा अटो शो'को मुख्य आकर्षण बन्यो भ्वाग्स वागनको टिगौन सेभेन सिटर

'नाडा अटो शो'को मुख्य आकर्षण बन्यो भ्वाग्स वागनको टिगौन सेभेन सिटर

म निश्चल श्रेष्ठ, मैले भ्वाग्स वागनका बारेमा रिप्रिजेन्ट गर्दै छ। हामीले नाडा अटो सोमा नयाँ भर्जनमा भ्वाग्स वागनको कार भित्र्याएका छौँ। यसमध्य सबैको ध्यान खिच्न सफल भएको कार ह्यो टिगौन विथ सेभेन सिटर। यसअघि नेपालमा टिगौन पाइभ सिटर मात्रै थियो।

टिगौन फाइभ सिटरको भन्दा धेरै कुरा परिवर्तन भएर नेपाली बजारमा भित्रिएको टिगौन सेभेन सिटर। यो कारमा सेभेन सिटरका साथै एड्भान टेक्नोलोजी समावेश गरिएको छ। यसमा मोडन टेक्नोलोजीका साथै र एड्भान्स सेन्सरहरू पनि प्रयोग गरिएको छ।

यो गाडीका विशेषताका बारेमा कुरा गर्दा हेडलाइट विथ एलइडी लाइटस, ३६० क्यामरा, इजी एक्सेस रिमोर्ट क्यामरा, इजी बुट ओपनिङ, स्मार्टी कि इन्ट्री, पुस बटन फिचरहरू समावेश रहेका छन्। यो गाडीमा पुरानाको भन्दा धेरै फिचर टप अफ गरेर ल्याइएको छ।

यसको मूल्य १ करोड ४८ लाख राखिएको छ। ५ सिटरको १ करोड ५८ थियो भने सेभेन सिटरको मूल्य १ करोड ४८ लाख मात्रै रहेको छ। कस्टमरका लागि रिजनेबल मूल्यका साथै फ्यामिली र बालबालिकाका लागि एकदमै लक्जरियस कार रहेको हो यो।

नाडा राखिएको अन्य कारहरूमध्ये यो कार नै आकर्षण केन्द्र बनेको छ। धेरै भिजिटरले नाडामा आएर यसको विशेषताहरू बुझ्ने प्रयास गरिरहेका छन्। अटो क्षेत्रमा पनि नयाँ-नयाँ टेक्नोलोजी भित्रिएका छन्। यो गाडीमा पनि नयाँ टेक्नोलोसी समावेश गरिएको छ। यसका बारेमा जानकारी हामीले नाडा अटो शोमा दिइरहेका छौँ। नाडा अटो शोमा आएर आम उपभोक्ताले भ्वाग्स वागनलगायत अन्य गाडीका बारेमा जानकारी लिन सकिन्छ।

यो गाडीबाहेक हामीले नाडा अटो शोमा भ्वाग्स वागनको पोलो ट्रेड प्लस स्पोर्ट मोडलमा इडिट गरेर ल्याएका छौँ। यो गाडीलाई पूर्णरूपले मोडिफाइ गरेर नयाँ लुक्समा ल्याएका हौँ। त्यस्तै पोलोका अन्य भेराइटीहरू पनि हामीले नाडा अटो शोमा राखेका छौँ।

टिगौन ७ सिटर भ्वाग्स वागन

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्