अपराध सुरक्षा

बहिनी बलात्कार गर्ने पक्राउ 

बहिनी बलात्कार गर्ने पक्राउ 

 

ललितपुर । बहिनी बलात्कारको आरोपमा १६ वर्षीय दाजु पक्राउ परेका छन्। दिदी बलात्कारको आरोपमा १३ वर्षीय भाइ पनि पक्राउ परेका छन्। घरमा कोही नभएका बेला ‘बाबा ममी र छोराछोरी खेल’ खेल्ने भन्दै १६ वर्षीया दिदी र ८ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दुवै जनालाई आइतबार ललितपुर प्रहरीले पक्राउ गरेको हो। 

दुई बालिकालाई बलात्कार गरेको आरोपमा अन्य दुईजना पक्राउ

त्यस्तै, दुई बालबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अर्का एकलाई पक्राउ गरेको छ। जेठ २९ गते भारतीय नागरिक ३५ वर्षीय सञ्जय मण्डलले पीडित मध्ये एक बालिकालाई कोठामा बोलाएर बलात्कार गरेपछि यो घटना बाहिरिएको थियो।

मण्डललाई पक्राउ परेपछि प्रहरीले पीडित बालिकासँग सोधपुछ गरेको थियो। पीडित बालिकाले आफूहरुलाई आफ्नै दाइ र भाइले पनि बलात्कार गरेको खुलासा गरेका हुन्। त्यसपछि प्रहरीले उनीका दाइ र भाइलाई समेत पक्राउ गरेको हो।

तिनै १६ वर्षीया बालिकाले आफूलाई मोरङ पथरी घर भएका १९ वर्षीय विकेश खड्काले पनि पटकपटक बलात्कार गरेको बताएकी छन्। खड्कालाई पनि प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए। 

सातदोबाटो वृत्तमा आइतबार चारैजनाविरुद्ध जाहेरी परेको छ। आरोपी खड्काले दुबै बालिकालाई टीभी हेर्ने बहानामा कोठामा लगेर जबरजस्ती करणी गरेको ललितपुर प्रहरीसमक्ष पीडितले दिएको जाहेरीमा उल्लेख छ।