अपराध सुरक्षा

प्रहरीलाई २ हजार घुस दिनखोज्ने पक्राउ

प्रहरीलाई २ हजार घुस दिनखोज्ने पक्राउ


काठमाडौँ । मापसे गरेर मोटरसाइकल चलाएपछि चेकजाँजमा पर्दा ड्युटीमा खटिएका प्रहरीलाई २ हजार घुस दिएर प्रलोभनमा पार्नखोज्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्र घर भइ काठमाडौंको सिनामंगल बस्ने २८ वर्षी मनोज तिमल्सिना र भारतको मोतिहारी घर भइ काठमाडौंको सिनामंगल नै बस्ने २३ वर्षीय अरुण कुमार जैसवाल छन् ।

बा ६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तिमल्सिना र जैसवाललाई मदिरा सेवन गरेको फेला पारेको थियो । मापसे गरेर मोटरसाइकल चलाएका उनीहरु काठमाडौं महानगरपालिका–३१ ठूलो खरिबोट चोकमा प्रहरीको नियमित चेकजाँचका क्रममा पक्राउ परेका थिए ।

कारबाहीमा परिने डरले ड्युटीमा खटिएका प्रहरीलाई उनीहरुले २ हजार रुपैयाँ घुस दिन खोजेका थिए । सवारी साधन र  घुस दिन खोज्ने दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।