समाचार

रवि लामिछानेसहित तीनै जनाको बयान सकियो 

रवि लामिछानेसहित तीनै जनाको बयान सकियो 

काठमाडौं । आत्महत्या दूरुत्साहनसम्बन्धि मुद्दामा टेलिभिजन कार्यक्रम सञ्चालक तथा पत्रकार रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ । अस्मिता कार्कीसमेतको थुनछेक बहस  गर्ने तयारी भइरहेको छ । 

सोमबार नै थुनछेक बहस गर्ने अदालतले जनाएको छ । बहसपछि अदालतले उनीहरुका सम्बन्धमा आदेश दिने छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रविसहित तीनै जनालाई हिरासतमा लिएर अनुसन्धान गरिएको छ । गत ३० साउनमा पक्राउ परेका तीनै जनाको अनुसन्धान प्रतिवेदन चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

प्रहरी अनुसन्धान प्रतिवेदनपछि पत्रकार पौडेललाई आत्महत्याका लागि दुरुत्साहन गरिएको पर्याप्त प्रमाण भेटिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ । तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ ।