फोटो

सडक सुनसान बनाएर रविलाई अदालत लगियो (फोटोफिचर)

सडक सुनसान बनाएर रविलाई अदालत लगियो (फोटोफिचर)

काठमाडौं । चितवन जिल्ला प्रशासनले सोमबार नारायणगढका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेर सुनसान बनाएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले अदालतमा बयान गराइरहँदा हिजो आइतबार अदालत क्षेत्रमा हजारौं मानिसहरु जम्मा भएर नारावाजी गरेका थिए । रवि समर्थकहरुको भिड नियन्त्रण गर्न हिजो प्रहरीले बल प्रयोग गरेको थियो । 

सोमबार भने बिहानैदेखि प्रहरीले निषेधित क्षेत्रमा रवि लामिछानेका समर्थकहरुलाई प्रवेशमा कडाई गरेको छ । सवा दश बजे रविसहितलाई अदालत प्रवेश गराइसकिइएको छ । युवराज कँडेल र रवि लामिछानेको बयान सकिएपछि अदालतमा थुनछेक बहस सुरु हुनेछ । 

 

 

 

 


तस्बीरः कल्पित सुवेदी