खेल

फ्रेन्च लिग वनः टोलोउसविरुद्ध पीएसजीको शानदार जीत

फ्रेन्च लिग वनः टोलोउसविरुद्ध पीएसजीको शानदार जीत

काठमाडौं । फ्रेन्च लिग वनमा गत संस्करण विजेता पेरीस सेन्ट जर्मेनले लगातार दोस्रो जीत हासिल गरेको छ । गयराति भएको खेलमा पीएसजीले टोलोउसलाई ४–० ले हराउँदै लगातार जीत हासिल गरेको हो ।  

घरेलु मैदानमा भएको खेलमा पीएसजीको जीतमा चोउपा मोटिङले २ गोल गरे । खेलको पहिलो हाफ रोमाञ्चक बने पनि दोस्रो हाफमा पीएसजीले एकपछि अर्को गोल थप्यो ।

५० औं मिनेटमा मोटिङले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५५ औं मिनेटमा पीएसजीले उपहार गोलमार्फत अन्तर २–० मा पुर्यायो ।
 
७५ औं मिनेटमा फेरी मोटीङले हुवान बेरनटको पासमा गोल गर्दै टिमको अग्रता ३–० पुर्‍याए । त्यसपछि ८३ औं मिनेटमा र्माक्विनोसले गोल गर्दै पीएसजीलाई ४–० ले अगाडि राखे ।

पीएसजीले यो खेलमा पनि स्टार फुटबलरनेयमारलाई विश्राम दिएको थियो । उनी लगातार २ खेलमा बेन्चमा बसेका छन् । यो जीतसँगै पीएसजीले २ खेलमा ६ अंक बनाएको छ ।

फ्रेन्च लिग वन