प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै जानकारी दिएका हुन्।

प्रधानमन्त्रीको उपचारका क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया शुक्रबारबाट सुरु गरिएको पनि ट्विटमा उल्लेख गरेका छन्। प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहका अनुसार यो प्रक्रिया अरू केही पटक गर्नुपर्ने हुन्छ। प्रधानमन्त्रीको ओलीको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा भइरहेको छ।

 

करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि उनी यसअघि १८ साउनमा सिंगापुर गएका थिए। उनले १८ देखि २७ साउनसम्म सिंगापुरमा उपचार गराएका थिए।

उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो। एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिनुपर्ने चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली पुनः गत बिहीबार सिंगापुर पुगेका हुन्। प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य र निजी चिकित्सक डा. दिव्यासिंह शाह छन्।

केपी शर्मा ओली

संम्बधित खबर