अपराध सुरक्षा

७ वर्षीया भान्जी बलात्कार गर्ने मामा पक्राउ

७ वर्षीया भान्जी बलात्कार गर्ने मामा पक्राउ


ओखलढुंगा । सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक युवा पक्राउ परेका छन् ।  नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ पक्राउ परेका हुन् ।

नाताले भाञ्जी पर्ने ती बालिकालाई उनले घरैमा गएर मंगलबार बलात्कार गरेको उजुरी अभिभावकले प्रहरीमा गरेका थिए । अभिभावकको उजुरी पछि तामाङलाई घरबाट पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।