अपराध सुरक्षा

श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमान पक्राउ 

श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमान पक्राउ 


काठमाडौँ । आफू विरामी हुँदाको बखत पनि श्रीमानले आफूलाई जबर्जजस्ती करणी गरेको भन्दै एक महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी छिन् । प्रहरीले श्रीमतीलाई बलात्कार गरेको अभियोगमा जाहेरी दिने महिलाका श्रीमानलाई पक्राउ गरेको छ ।

आफू विरामी हुँदा बलात्कार गरेको भन्दै महिलाले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएकी हुन् । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरीपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

उनीहरुको १० वर्षअघि विवाह भएको थियो । यो दम्पतीको आठ वर्षको एक छोरासमेत रहेको छ । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने जनाएको छ ।