समाज

फोर्स गाडीको शोरुममा आगलागी

फोर्स गाडीको शोरुममा आगलागी


काठमाडौँ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स गाडीको शोरुममा आगलागी भएको छ । आगलागीबाट चारवटा नयाँ गाडी र एउटा नयाँ मोटरसाईकलमा क्षति पुगेको छ ।

मर्मतको क्रममा रहेको सशस्त्र प्रहरी बलको एम्बुलेन्समा पनि क्षति भएको छ । एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो ।

आगलागीबाट झण्डै डेढ करोड रुपैयाको क्षति भएको अनुमान गरिएको छ । वारुणयन्त्रको सहयोगमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।