समाचार

३ लाख बढीको गहना चोरेर भाग्दाभाग्दै पक्राउ

३ लाख बढीको गहना चोरेर भाग्दाभाग्दै पक्राउ


भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिका–८ रानीबारीबाट करिब ३ लाख २५ हजार बराबरको धनमाल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक सिमपाल घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २३ वर्षीय दिपक गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चागुनारायण नगरपालिका–८ रानीबारीबाट बस्ने ५६ वर्षीय श्रीराम खत्रीको घरबाट सुनका बिभिन्न्न गरगहना सहित उक्त रकम बराबरको धनमाल चोरी गरी भाग्दै गरेका गिरीलाई स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।