राजनीति

ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री

ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री


काठमाडौँ
। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको सिलसिलामा सिंगापुर प्रस्थान गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सिफारिसमा उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई कार्यवाहक तोकिएको जानकारी दिएको हो । प्रधानमन्त्री ओली २० गते स्वदेश फर्कने कार्यक्रम छ ।