खेल

एसीसी यू–१९ कपका लागि १५ सदस्यीय टोली घोषणा

एसीसी यू–१९ कपका लागि १५ सदस्यीय टोली घोषणा


काठमाडौँ । एसीसी यू–१९ एसिया कपका लागि नेपालले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ ।

अघिल्लो संस्करणमा सेमिफाइनल सम्मको याात्र तय गरेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित टेस्ट मान्यता दुई राष्ट्रको सामना गर्नेछ । अर्को टेस्ट टोलीका रुपमा बंगलादेश रहेको छ । नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् ।

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।