राष्ट्रपति भण्डारसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति भण्डारसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्।

जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरसँगे नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली शीतलनिवास पुगेका थिए । यसअघि उनी पशुपतिनाथको दर्शनका लागि पुगेका थिए ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका हुन् । उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उनी बिहीबार अपराहन्न स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

एस जयशंकर राष्ट्रपति विद्यादेवी भण्डारी

संम्बधित खबर