अपराध सुरक्षा

१७ करोड बढी हिनामिनामा बैंक प्रबन्धक पक्राउ

१७ करोड बढी हिनामिनामा बैंक प्रबन्धक पक्राउ


दाङ । साविकको वेष्टन डेभलभमेन्ट बैंक (हाल देव विकास बैंक) का तत्कालीन प्रबन्धक समिर बुढाथोकी पक्राउ परेका छन् । एक वर्षअघि उक्त बैंकको १७ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दाङ प्रहरीले उनलाई पक्राउ गरेको हो ।


प्रबन्धकको जिम्मेवारीमा रहँदा ३० वर्षीय बुढाथोकीलाई १७ करोड ९९ लाख ९० हजार हिनामिना गरेको अरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । बुढाथाकीलाई लमही बजारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।


‘गत बर्षको बैशाख महिनामा निजले बैंक मर्ज हुनुअघि उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।