अपराध सुरक्षा

मृत भेटिएका कर्मचारीको सुसाइड नोट फेला

मृत भेटिएका कर्मचारीको सुसाइड नोट फेला


काठमाडौँ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै मृत भेटिएका राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसीको सुसाइड नोट फेला परेको छ । उनी कार्यालय भित्रै मृत भेटिएका थिए ।

आफ्नो सुसाइड नोटमा उनले श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेको पाईएको प्रहरीले जनाएको छ । सुसाइड नोटमा उनले आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन ।

पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेका छन् ।प्रहरीले सुसाइड नोट परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउनेछ ।

आत्महत्या गरेको स्थानमा धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको प्रहरीले जनाएको छ । औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको प्रहरीको आशंका छ ।

र, यो पनि पढ्नुहोस् :

सिंहदरबारभित्रै एक कर्मचारीले गरे आत्महत्या