समाचार

सर्वदलीय बैठक शुरु, सवै दलका शीर्ष नेता सहभागी

सर्वदलीय बैठक शुरु, सवै दलका शीर्ष नेता सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गरेको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । 

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरु सर्वदलीय बैठकमा सहभागी छन् । संसदमा हाल नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, समाजवादी पार्र्टी र राष्ट्रिय जनता पार्टी गरी चार राजनीतिक दल छन् ।

प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी बाँकी रहेका विषय टुंग्याउन सर्वदलीय बैठक बोलाएका हुन् । आइतबार संसदमा सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा लगाइसक्ने बताएका थिए ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको थियो ।

त्यस्तै, लामो समयदेखि दलहरुबीच रहेको सम्वादहीनताको अवस्थालाई प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकले अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली

विशेष