प्रवास

‘मिस नेपाल नर्थ अमेरिका’को उपाधि श्रेया गजुरेलले जितिन्

‘मिस नेपाल नर्थ अमेरिका’को उपाधि श्रेया गजुरेलले जितिन्

बोस्टन । मिस नेपाल नर्थ अमेरिका २०१९ श्रेया गजुरेलले जितेकी छन्। उनलाई पछ्याउँदै फर्स्ट रनर–अप आस्था पाण्डे र सेकेन्ड रनर–अप कृति केसी भएका छन्। प्रतियोगिताको फाइनल शनिबार अबेर न्युयोर्कमा भएको थियो। गजुरेल न्युयोर्क, पाण्डे भ्यानकुभर, क्यानडा, र केसी म्यासच्युसेट्सका हुन्।

 

यसपटक एक क्यानडा र १५ अमेरिकाका गरी १६ प्रतिस्पर्धी फिनालेमा पुगेका छन्।  साथै मिस ट्यालेन्ट रेबेका श्रेष्ठ (न्युयोर्क), मिस कम्युनिटी आउटरिच गरिमा पौडेल (भर्जिनिया), मिस पपुलर राजश्री आचार्य (ओक्लहामा), फोटोजेनिक आस्मा थापा मगर (मिनेसोटा), मिस स्माइलस सविना पौडेल (आइडाहो), मिस वेस्ट ड्रेसमा ओशिन रायमाझी (क्यालिफोर्निया) आदिले जिते।  

 

यसपटक मिस नेपाल वर्ल्ड २०१८ कि शृंखला खतिवडा प्रमुख निर्णायक, र निर्णायकमा नामगेल लामा, अधिवक्ता बासु फुलारा, कलाकार एड्रिएन प्रधान, अबुबोकोर हनिप तथा राजु श्रेष्ठ थिए। एड्रीएन प्रधान ,सिने गुरुङ, राभ सिटौला, राम श्रेष्ठ, आदित्य लामा, राहुल राई तथा जय गुरुङले गीत९संगीतबाट मनोरञ्जन गराएका थिए। यो दोस्रो मिस नेपाल नर्थ अमेरिका थियो। गत वर्ष न्युयोर्ककी मोनिका घलेले यो उपाधि हासिल गरेकी थिइन्। उनले अन्तिम १९ प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जितेकी थिइन्।  

मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेल