समाचार रोजगार

नेपालको वैदेशिक रोजगारी ठप्प, विदेशी जागिर खोज्दै नेपाल

नेपालको वैदेशिक रोजगारी ठप्प, विदेशी जागिर खोज्दै नेपाल

काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । 

नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो । 

आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा वर्षमा दुई हजार हराहारीमा पुगेको छ । यसभन्दा पनि अघिल्लो वर्षमा १ हजार ३५ को नयाँ आवेदनलाई श्रम स्वीकृति दिइएको थियो ।  यो खबर आजको कारोबार दैनिकबाट लिइएको हो।

जागिर

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्