विदेश

इराकमा हवाइ आक्रमण, १० जना मारिए

इराकमा हवाइ आक्रमण, १० जना मारिए


एजेन्सी । इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा दश जना मारिएका हुन् ।

ज्यान गुमाउने सबै इस्लामिक स्टेट्स (आइएस) का लडाकू रहेको जनाइएको छ ।  आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् ।